Kathmandu Press

विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीद्वारा हातपात

हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएकाे र त्यसबारे छलफल भइरहेको बताइएकाे छ।
विमानस्थल अध्यागमन कार्यालयका कर्मचारीमाथि प्रहरीद्वारा हातपात

काठमाडौं, माघ १२ : प्रहरीले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीमाथि हातपात गरेको छ।चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीमाथि हातपात भएकाे बताइएकाे छ। कर्मचारीले असभ्य बोलेका कारण प्रहरीले हातपात गरेकाे बताइएकाे छ। 

अध्यागमन अधिकृत छायालाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका बेला मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा विवाद भएकाे बताइन्छ। मोक्तानले किन चेकजाँच गरेको भनेर प्रश्न गरेपछि  भनाभन, धकेलाधकेल भएकाे बुझिएकाे छ।

Hardik ivf

त्यसक्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानकाे दाबी गरेका थिए। विवादबारे बुझ्न अध्यागमन कार्यालय प्रमुख गोगनबहादुर हमाल सिसिटिभी फुटेज हेरेका थिए।

सिसिटिभी फुटेज हेरेपछि हमालले प्रहरीलाई किन त्यसो गरेको भनेका थिए। त्यतिबेला मोक्तानलाई फेरि लात्ताले हान्ने क्रममा हमाललाई पनि लागेकाे बताइएकाे छ। स्राेतका अनुसार हमालले आफूमाथि लात्ती प्रहार भएकाे र प्रहरीको ज्यादती गरेका बताएका छन्।

हमालले घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएकाे र त्यसबारे छलफल भइरहेको बताइएकाे छ।

प्रकाशित मिति: १६:०८ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्