Kathmandu Press

जनताका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ 

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत वडा तहसम्म केन्द्रित कार्यक्रम ल्याउन थालिएको हो। शनिबारदेखि माघ २६ गतेसम्म कांग्रेस वडामा केन्द्रित हुने भएको छ।
जनताका कुरा सुन्न ‘समुदायमा कांग्रेस अभियान’ 
Hardik ivf

काठमाडौं, माघ १२ : संगठन सुदृढीकरणका लागि कार्यकर्ता तथा नागरिकका कुरा सुन्न नेपाली कांग्रेसले वडामा केन्द्रित हुने कार्यक्रम ल्याएको छ। 

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत वडा तहसम्म केन्द्रित कार्यक्रम ल्याउन थालिएको हो। शनिबारदेखि माघ २६ गतेसम्म कांग्रेस वडामा केन्द्रित हुने भएको छ। तल्लो तहसम्म पुगेर जनताका अपेक्षा, सुझाव र गुनासा सुन्ने तयारीमा कांग्रेस छ। कांग्रेसले आगामी फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक पनि गर्दैछ। त्यसअघि कांग्रेस वडा तहमा पुगेर सुझाव संकलन गर्ने तयारीमा जुटेको हो। 

‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत वडा तहमा केन्द्रित हुनका लागि जिल्लाहरूमा समन्वय गर्न कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाइसकेको छ। शहिद दिवसका दिनदेखि वडा तहमा केन्द्रित भएर अभियान सञ्चालन गर्न थालिएको छ। कांग्रेसले वडा तहमा श्रमसँग सम्बन्धित काम वा सामाजिक कार्यमा सहभागी हुन नेताहरूलाई निर्देशनसमेत दिएको जनाएको छ। 
 

प्रकाशित मिति: १५:१५ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्