सडक व्यवसायीद्वारा काठमाडौं महानगरविरूद्ध आन्दोलनको घोषणा
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरि महानगरले सडक व्यवसायीहरुलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो।
काठमाडौं, माघ १२ : काठमाडौं महानगरले आफूहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले आन्दोलनको घोषणा गरेको छ।
संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यसअघिको चार बुँदे सहमति कार्यान्वयन नगरि महानगरले सडक व्यवसायीहरुलाई दमन गरेको भन्दै आन्दोलनको घोषणा गरेको हो।
समितिले काठमाडौं महानगरमा ज्ञापन पत्र बुझाउने, जनप्रदर्शनसहित महनगरमा धर्र्ना, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रशासन कार्यालय लगाएत बिभिन्न राजनीतिक दलहरुलाई ज्ञापन पत्र बुझाउने जनाएको छ।
त्यस्तै माघ २८ गते थाल, चम्चा, ठटाउने जुलुससहित महानगर घेराउ गर्ने नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले जानकारी दिए। व्यवसायीहरूको माग सम्बोधन गर्न सरोकारवाला निकायको ध्यानाकर्षण नभए थप आन्दोलनका कार्यक्रमको घोषणा गरिने उहाले बताए।
संघर्ष समितिले व्यवसायीका जफत गरिएका सामान फिर्ता गर्नुपर्ने, वैकल्पिक व्यवस्थापन नहुन्जेलसम्म हाल व्यवसाय गरिरहेकै स्थानमा उचति समय निर्धारण गरी व्यवसाय गर्न दिनुपर्ने, स्वरोजगार श्रमिकको आवश्यक सूचीकरणको काम सुरु गर्नुपर्ने, स्वरोजगार सडक व्यवसायीलाई करको दायरामा समावेश गरिनुपर्ने लगाएतका माग अघि सारेकाे छ।