Kathmandu Press

विश्वकप क्रिकेट : नेपालकाे घातक बलिङ, एकपछि अर्काे सफलता

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले ५ विकेट झारेको छ।
विश्वकप क्रिकेट : नेपालकाे घातक बलिङ, एकपछि अर्काे सफलता

काठमाडौं, माघ १२ : आइसिसी उन्नाइस वर्षमुनि (यु १९) विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुखद सुरूवात गरेको छ।

दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा जारी खेलमा तीव्र गतिका बलर आकाश चन्दको घातक बलिङमा नेपालले ६ विकेट लिएको छ।

नेपालका लागि आकाश चन्दले ५ ओभर बलिङ गर्दै १ मेडन सहित ९ रन दिएर ४ विकेट लिएका छन्। यस्तै गुलशन झाले पनि ५ ओभरमा १ मेडन सहित १७ रन दिँदै १ विकेट लिएका छन्।

आज जित्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्नेछ । पराजित हुने टोली भने १३औ स्थानका लागि खेल्नेछ। 

 

प्रकाशित मिति: १४:५९ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्