Kathmandu Press

इमेज सहकारीकी कोषाध्यक्ष सुनार धोबीघाटबाट पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २७ बर्षिय सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो। उनी बागलुङ निसीखोला गाउँपालिका–३ स्थायी बासिन्दा हुन्।
इमेज सहकारीकी कोषाध्यक्ष सुनार धोबीघाटबाट पक्राउ

काठमाडौं, माघ १२ ः ठगीको आरोपमा बागलुङको इमेज वचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिकी कोषाध्यक्ष लक्ष्मी सेन सुनार पक्राउ परेकी छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले २७ बर्षिय सुनारलाई बिहीबार ललितपुरको धोबीघाटबाट पक्राउ गरेको हो। उनी बागलुङ निसीखोला गाउँपालिका–३ स्थायी बासिन्दा हुन्।

Hardik ivf

इमेजसहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सहकारीका अध्यक्ष देवकुमार नेपालीसहित फरार ८ जनामध्येकी सुनार पक्राउ परेकी हुन्। 

सुनारलाई बिहीबार पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाएको सीआइबीले जनाएको छ । ठगी मुद्दामा बागलुङ जिल्ला अदालतले गत जेठ २४ गते पक्राउ पुर्जी जारी गरेको थियो।

सहकारीबाट १ अर्ब ६० करोड भन्दा धेरै रकम हिनामिना र ठगी भएको आरोप छ । हाल १ हजार ५ सय ५० भन्दा धेरै बचतकर्ता विचल्लीमा छन्। 
 
प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्