Kathmandu Press

भारतको ७५औं गणतन्त्र दिवस : भारतीय दूतावासमा विशेष कार्यक्रम

काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे।
भारतको ७५औं गणतन्त्र दिवस : भारतीय दूतावासमा विशेष कार्यक्रम

काठमाडाैं, पुस १२ : भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावास काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको छ।

काठमाडौंस्थित भारतीय दूतावासामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको शुभारम्भ गरे।

Hardik ivf

कार्यक्रममा राजदूत श्रीवास्तवले मृतक सैनिकका श्रीमती र निकटतम नातेदारलाई रु पाँच करोड सात लाख  नगद तथा कम्बल वितरण गरी सम्मान गरे।

त्यस्तै उहाले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरु समावेश गरिएको भूपू २०२४ पत्रिकाको लोकार्पण गरे।

सो अवसरमा दूतावासले ३० वटा संस्थालाई रु १९ लाख बराबरको पुस्तक उपहारस्वरुप वितरण गरेको छ।

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्