Kathmandu Press

औषधसहित समातिएका भारतीय नागरिक भगाई आफू पनि भागेका पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतबाट भगाई आफू पनि भारत भागेका पूर्व प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
औषधसहित समातिएका भारतीय नागरिक भगाई आफू पनि भागेका पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ

काठमाडाैं, माघ १२ : प्रहरीले लागु औषधसहित प्रक्राउ गरेका भारतीय नागरिकलाई भगाई आफुहरु पनि भागेका पूर्व प्रहरी जवानलाई १६ वर्षपछि पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतबाट भगाई आफू पनि भारत भागेका पूर्व प्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो।

Hardik ivf

उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको डिएसपी अनिल घिमिरेले जानकारी दिए।

असरफ आलमलाई भगाएबापत १ करोड रुपैया दिने भनिएपछि जवान विरवल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको घिमिरेले बताए। उक्त रकमबाट विरवलले भारतमा तत्कालिक अवस्थामा दुईवटा ट्याक्सि खरिद गरि व्यवसाय गरेको पनि अनुसन्धानबाट खुलेको डिएसपी घिमिरेले जानकारी दिए।

प्रहरी निरिक्षकको किर्ते हस्ताक्षर गरेर विरवलले भारतीय नागरिकलाई कलंकी-बुटवल हुँदै भारत पुराएका थिए। त्यसपछि भारतमै ट्याक्सि व्यवसाय सुरु गरेका विरवलसंग हाल ९ वटा भारतीय  ट्याक्ति, आधार कार्ड, भारतीय चालक अनुमतिपत्रसमेत रहेको डिएसपी घिमिरेले बताए। 

प्रकाशित मिति: १३:३२ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्