Kathmandu Press

सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताए।
सूचना र प्रविधिको उचित प्रयोगले देशको विकास गर्न सकिन्छ : मन्त्री शर्मा

काठमाडौं, माघ १२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना र प्रविधिको उचित प्रयोगमार्फत मुलुकको विकास गर्न सकिने बताएकी छन्। 

पुलचोक इन्जिनियरिङ क्याम्पसमा आजदेखि सुरु भएको २०औँ राष्ट्रिय प्राविधिक महोत्सवको उद्घाटन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको तीव्र गतिमा विकास भइरहेको हुँदा त्यसको प्रयोग मुलुकको विकासमा लगाउनुपर्नेमा जोड दिइन्। 

'साइबर सुरक्षा नीति २०८० पारित भएको छ, सूचना र प्रविधिको क्षेत्रमा कतिपय कानुन छैनन', मन्त्री शर्माले भनिन्, 'सरकारले सूचना र प्रविधिको क्षेत्रमा आवश्यक कानुन बनाउने छ, सूचना प्रविधिको विकासले देशलाई आत्मनिर्भर बनाउनुपर्छ।' 

Hardik ivf

मन्त्री शर्माले गुणात्मक शिक्षा र प्रविधिसम्बन्धी शिक्षाका लागि सरकारले सदा सहयोग गर्ने जानकारी दिँदै नेपाल सरकार प्राविधिक क्षेत्रमा जनशक्ति उत्पादन गर्ने विषयमा समेतको लागिरहेको स्पष्ट पारिन्। इन्जिनियरिङ क्षेत्रमा यो क्याम्पस आफैँमा ‘ब्रान्ड’ भएकाले विश्वमा विज्ञता हासिल गरेपछि देशको विकासमा ध्यान दिन उनको आग्रह थियोे।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति शिवलाल भुसालले पढ्ने मात्रै नभएर सीपमा ढाल्ने अन्तर्राष्ट्रियस्तरमै अभियान चलेको र विद्यार्थीले आफैँले प्राविधिक प्रदर्शनी गर्नु महत्वपूर्ण भएको बताए। उनले प्रविधिको विकासमा लागि र त्यसको प्रयोग महत्वपूर्ण रहेको स्पष्ट पारे। 

इन्जिनियर क्याम्पसका डिन शशिधरराम जोशीले इन्जिनियरिङ अध्ययन गर्ने उत्कृष्ट संस्था भएको र राष्ट्रियस्तरमा मात्रै नभइ अन्तर्राष्ट्रियस्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने भएको बताए। 

क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्यले क्याम्पसले प्रदर्शनी तीन दिनसम्म प्रदर्शनी चल्ने जानकारी दिए। प्रदर्शनीमा सूचना प्रविधिको माध्यमबाट पर्यटन, कृषि, स्वास्थ, नयाँ सूचना प्रविधिसम्बन्धी सामग्री राखिएका छन्।

प्रकाशित मिति: १२:२१ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्