Kathmandu Press

बानेश्वरकाे सडकमा गुड्दागुड्दै भासियाे बस

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ३७६२ नम्बरको यात्रुवाहक बस सर्भिस लेनतर्फको सडकमा गुड्दागुड्दै भासिएर कोल्टो परेको छ।
बानेश्वरकाे सडकमा गुड्दागुड्दै भासियाे बस

काठमाडौं, माघ १२ : नयाँ बानेश्वरस्थित एभरेस्ट होटलको अगाडि सडकमा गुडिरहेको बस भासिएको छ।

कोटेश्वरबाट रत्नपार्कतर्फ गइरहेको बा३ख ३७६२ नम्बरको यात्रुवाहक बस सर्भिस लेनतर्फको सडकमा गुड्दागुड्दै भासिएर कोल्टो परेको हाे। बसकाे पछाडितर्फको चक्काकाे आधाभन्दा बढी भाग भासिएकाे छ।

Hardik ivf

बस एक्कासि भासिएर फसेपछि यात्रुहरू आत्तिँदै ओर्लिएको स्थानीयले बताएका छन्। क्रेन मगाएर बस हटाउने तयारी भइरहेको छ।

सो सडक खण्ड यसअघि पनि पटक पटक भासिएको थियो।  दुई वर्षअघि पनि मीनभवनस्थित सिभिल अस्पतालअगाडि सडकमा भ्वाङ परेको थियो।

केही वर्षयता साे क्षेत्रमा सडक स्तराेन्नतिकाे काम भइरहे पनि बेलाबेलामा समस्या देखा परिरहेकाे हुन्छ। गुडिरहेको बस भासिएपछि सडक निर्माणको गुणस्तरमा प्रश्न उठेको छ। 

प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, माघ १२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्