१९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज अफगानिस्तानसँग खेल्दै
यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।काठमाडौं, माघ १२ : दक्षिण अफ्रिकामा जारी आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ ।
यसअघि भएका दुईवटा खेलमा नेपाल पाकिस्तान र न्युजिल्यान्डसँग पराजित भएको थियो । पहिलो खेलमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।
अफगानिस्तानले पनि यसअघि भएका दुवै खेलमा हार ब्यहोरेको छ । आजको खेल जितेमा नेपाल सुपर सिक्समा पुग्ने सम्भावना छ । प्रतियोगितामा ४ वटा समूहमा गरी २० वटा टोली छन् । हरेक समूहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् ।
प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । नेपाल प्रतियोगिताको समूह ुडीु मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।
प्रकाशित मिति: ०७:३१ बजे, शुक्रबार, माघ १२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मार्टिन गप्तिल र निकालेस क्रिटन नेपाल आइपुगेबिहीबार, मंसिर १३, २०८१
रियल लिभरपुलसँग पराजित, लिभपुरल शीर्ष स्थानमाबिहीबार, मंसिर १३, २०८१
जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न सक्ने मुख्य तीन आधारबुधबार, मंसिर १२, २०८१
एनपिएलको उद्घाटनको खेलको टिकट ‘सोल्ट आउट’बुधबार, मंसिर १२, २०८१