Kathmandu Press

राष्ट्रिय सभामा माओवादी ठूलो दल, दोस्रोमा कांग्रेस, तेस्रोमा एमाले

माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना कायम छन्। आगामी फागुन २० देखि ३ जनाको कार्यकाल सकिने छ। थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल हुनेछ।
राष्ट्रिय सभामा माओवादी ठूलो दल, दोस्रोमा कांग्रेस, तेस्रोमा एमाले

काठमाडौं, माघ ११ : विहीबार सम्पन्न राष्ट्रिय सभाको मत परिणामले नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ।

१९ सिटका लागि भएको चुनावमा कांग्रेसका १० जना निर्वाचित भएका छन्। यस्तै, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए। हालसम्म राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए।

Hardik ivf

ति मध्ये ४ जना फागुन २० गते बिदा हुँदैछन्  बाँकी रहेका ६ जनामा बिहीबारको निर्वाचनबाट १० जना थपिएपछि राष्ट्रिय सभामा कांग्रेसको १६ सिट कायम हुनेछ।

माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना कायम छन्। आगामी फागुन २० देखि ३ जनाको कार्यकाल सकिने छ। थप ५ जना निर्वाचित भएकाले राष्ट्रिय सभामा माओवादी केन्द्र १७ सिटसहित सबैभन्दा ठूलो दल हुनेछ।

अहिले एकीकृत समाजवादीका ८ जना छन् । ति मध्ये दुई जना फागुनबाट बिदा हुँदैछन् । विहीबार थप नयाँ दुई जना निर्वाचित भएकाले समाजवादीको संख्या उत्ति नै कायम रहने छ।

राष्ट्रिय सभामा यसअघि १७ सिटसहित पहिलो दल रहेको नेकपा एमालेले विहीबारको निर्बाचनबाट आठ सिट गुमाएको छ। कोशी प्रदेशको एक सिटसहित नौमा सीमित भएर तेस्रो हैसियतमा रहने छ ।

प्रकाशित मिति: १९:०२ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्