Kathmandu Press

कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार विजयी

बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।
कर्णालीबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार विजयी

काठमाडौं, माघ ११ : बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनमा कर्णाली प्रदेश्बाट सत्ता गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन्।

निर्वाचन आयोगका अनुसार महिलातर्फ नेकपा एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) ले ३ हजार ७२२ मत भार प्राप्त गर्दै विजयी भइन्। मल्लकी प्रतिस्पर्धी नेकपा एमालेकी विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरिन्।

Hardik ivf

दलिततर्फ नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालीकोट) निर्वाचित भए। विकले ३ हजार ८१७ मत ल्याएर विजयी भए। उनका प्रतिश्पर्धी नेकपा एमालेका हिक्मत विकले १ हजार २६७ मत प्राप्त गरे।

अन्य तर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भए। रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका हुन्। रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी हुँदा एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरे।

७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता रहेका छन्।

 

प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्