Kathmandu Press

सुनिल र विकललाई सात दिन थुनामा राख्न अनुमति

भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले आदेश दिएको छ।
सुनिल र विकललाई सात दिन थुनामा राख्न अनुमति

काठमाडौं, माघ ११ : गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको छ।

बुधबार पक्राउ परेका उनीहरुमामाथि गैरकानुनी सम्पत्ति आर्जनमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विहीबार विशेष अदालतमा पेश गरेको थियो। उनीहरुले नेपाल राष्ट्र बैंकको अनुमतिबिना विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोलेर रकम जम्मा गरेको दाबी अख्तियारले गरेको छ।

Hardik ivf

सरकारी सेवामा कार्यरत रहँदा अन्तर्राष्ट्रिय परामर्शदाताको पदमा औपचारिक रूपमा नियुक्ति लिएको भनाई समेत अख्तियारको छ। विकलले अमेरिकामा स्थायी आवासीय अनुमति (ग्रिनकार्ड) लिएको देखिएको समेत अख्तियारले जनाएको छ।

पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न भन्दै ७ दिनको म्याद दिइएको विशेष अदालतले जनाएको छ। उनीहरुका कानुनव्यवसायीले हिरासत बाहिर बसेर अनुस्धान हुनुपर्ने माग गर्दै वहश गरेका थिए । तर विशेष अदालतले उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न अख्तियारलाई म्याद दिएको हो।

उनीहरूविरुद्ध यसअघि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा समेत दायर गरेको थियो । भ्रष्टाचार मुद्दा हाल विचाराधीन अवस्थामा छ।

बुधबार नियन्त्रणमा लिएका उनीहरुलाई अख्तियारको अख्तियारको हिरासतमा राखिएको छ । अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा छापा मार्दै कागजात समेत कब्जामा लिएको छ।

प्रकाशित मिति: १८:०८ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्