राष्ट्रियसभा सदस्य बने कृष्ण सिटौला
प्रदेशमा सिटौलाको भन्दा पौडेलको मतभार बढी रहे पनि स्थानीय तहतर्फको मतभारका आधारमा सिटौला विजयी बने। स्थानीय तहमा १५८ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ ।
काठमाडौं, माघ ११ : कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन्।
नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार उद्धव पौडेललाई हराउँदै सिटौलाले जित निकालेका हुन्।
प्रदेशमा सिटौलाको भन्दा पौडेलको मतभार बढी रहे पनि स्थानीय तहतर्फको मतभारका आधारमा सिटौला विजयी बने। स्थानीय तहमा १५८ मतभार र पौडेलको पक्षमा १०९ मतभार परेको छ ।
स्थानीय तहतर्फ एमालेका केही मतदाताको मत समेत सिटौलाले पाएको अनुमान गरिएको छ।
झापा ३ बाट २०७५ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सिटौला लगातार राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए।
प्रकाशित मिति: १७:५० बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार