बागमतीका चारै सिटमा गठबन्धनका उम्मेदवार विजयी
बागमतीका ४ सिटीमा महिलातर्फ नेपाली कांग्रेसी बिष्णुदेवी पुडासैनी, अन्यमा कांग्रेसकै जीतजंग बस्नेत, अपांङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।
काठमाडौं, माघ ११ : राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
बागमतीका ४ सिटीमा महिलातर्फ नेपाली कांग्रेसी बिष्णुदेवी पुडासैनी, अन्यमा कांग्रेसकै जीतजंग बस्नेत, अपांङ्गतर्फ नेकपा माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विजयी भएका छन्।
महिलातर्फ विजयी पुडासैनीले ६६२२ मत र अन्यमा बस्नेतले ६५३१ मत, अपांङ्गतर्फ अधिकारीले ६३८३ मत र दलित रिजालले ६५१२ मत प्राप्त गरेका थिए।
एमालेबाट महिलातर्फ उम्मेदवार रोचकुमारी चौलागाईंले २५५२ मत, दलिततर्फ ध्रुवराज विकले ३०५२ मत, अपाङ्गतर्फ त्रिलोचन निर्मल पौडेलले २७३४ मत अन्यतर्फ विवेक देवकोटाले २३५९मत प्राप्त गरे।
प्रकाशित मिति: १७:४५ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार