मछिन्द्रलाई हराउँदै जावलाखेल आहा राराको क्वार्टरफाइनलमा
पोखरा रंगशालमा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो। जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए।
काठमाडाैं, माघ ११ : मछिन्द्र क्लबलाई पराजित गर्दै जावलाखेल आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
पोखरा रंगशालमा बिहीबार भएको खेलमा जावलाखेलले मछिन्द्रलाई १–० गोल अन्तरले पराजित गरेको हो। जावलाखेललाई जित दिलाउन हिसुब थपलियाले एकमात्र निर्णायक गोल गरेका थिए।
हिसुबले खेलको ३८ औं मिनेटमा मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठ अगाडी बढेको अवस्थामा उनलाई विट गर्दै खाली पोस्टमा गोल गरेका हुन्।
प्रिक्वार्टरफाइनल अन्तर्गत शुक्रबार विभागीय टिम एपीएफ र चर्चब्वाइजबीच प्रतिष्पर्धा हुने छ। माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीले १२ लाख १ हजार रुपैया प्राप्त गर्नेछ।
प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1765629162.jpg)