बागमतीमा कांग्रेसकी पुडासैनी विजयी
पुडासैनी ६६२२ मतभारसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन्।
पुडासैनी ६६२२ मतभारसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत पाइन् । अन्य सदस्यको मतगणना जारी छ ।
प्रकाशित मिति: १७:२६ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












