गण्डकीमा पनि गठबन्धनका तीनैजना विजयी
मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन्।
काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्यमा गण्डकी प्रदेशबाट गठबन्धनतर्फका सबै उम्मेदवार निर्वाचित भएका छन्।
मतपरिणामअनुसार अन्य क्लस्टरमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ, महिला क्लस्टरमा नेकपा माओवादीबाट मनरुपा शर्मा र अपांगता क्लस्टरमा नेपाली कांग्रेसका पदम परियार निर्वाचित भएका हुन्।
अन्य क्लस्टरतर्फ श्रेष्ठले ३ हजार ८०८ मत पाउँदा एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४७७ मतभार पाए। महिला क्लस्टरतर्फ शर्माले ३ हजार ६६० मत मतभार पाउँदा र एमालेकी सम्झना देवकोटाले २ हजार ५५३ मतभार प्राप्त गरिन्।
अपांगता क्लस्टरतर्फ कांग्रेसका परियार ३ हजार ७ सय ७४ र एमालेका उम्मेदवार हेमन्त शेरचनले २ हजार ४ सय ५८ मत प्राप्त गरे।
प्रकाशित मिति: १७:२२ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार