कोशीमा एमाले उम्मेदवार विजयी, गठबन्धनमै ‘फ्लोर क्रस’
कोइरालाले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेका छन्। ९३ मध्ये उनलाई ४९ जनाको मत प्राप्त भएको जनाइएको छ।
काठमाडौं, माघ ११ : कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्। कोशीमा सत्ता गठबन्धनबाटै फ्लोर क्रस भएको छ। कोशीमा एमाले–राप्रपाको तालमेल थियो।
कोइरालाले सत्ता गठबन्धनकी चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालालाई सत्ता गठबन्धनका ३ सांसदले फ्लोर क्रस गरेका छन्। ९३ मध्ये उनलाई ४९ जनाको मत प्राप्त भएको जनाइएको छ।
सत्ता गठबन्धनकी उम्मेदवार कार्कीलाई भने ४४ जना सांसदले मत दिए। कोशीमा स्थानीय तहका १३१ जनाले मत हालेका छन्। स्थानीयतर्फका १६ जनाले फ्लोर क्रस गरेको देखिएको छ। प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद थिए। कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन्।
प्रकाशित मिति: १७:०८ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार