लुम्बिनीमा गठबन्धनका दुवै उमेदवार विजयी
निर्वाचन आयोगले जनाए अनुसार केही समयअघि सकिएको मतदानमा महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
काठमाडौं, माघ ११ : राष्ट्रिय सभा सदस्यका लागि लुम्बिनी प्रदेशबाट गठबन्धनका दुवै उमेदवार विजयी भएका छन् ।
निर्वाचन आयोगले जनाए अनुसार केही समयअघि सकिएको मतदानमा महिला क्लष्टरमा कांग्रेसकी विष्णुकुमारी सापकोटा र माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्।
लुम्बिनीमा एमालेका झपेन्द्रबहादुर जीसी र महिला उमेदवारमा तुलसाकुमारी केसी उमेदवार थिए ।
प्रकाशित मिति: १६:५५ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार