Kathmandu Press

राष्ट्रिय सभाका लागि कहाँ कति मत खस्यो? 

निर्वाचन अयोगले जनाएअनुसार अन्तर्गत कोसी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित भएका छन्।
राष्ट्रिय सभाका लागि कहाँ कति मत खस्यो? 

काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १९ पदका निम्ति भएको मतदान सकिएको छ। 

निर्वाचन अयोगले जनाएअनुसार अन्तर्गत कोसी प्रदेशका दुई मतदाता मतदानमा अनुपस्थित भएका छन्। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङको ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार अनुपस्थित भएका हुन्। कोसी प्रदेशमा १३७ स्थानीय तहका प्रमुख/उपप्रमुख र ९३ प्रदेशसभा सदस्य मतदाता थिए। 

Hardik ivf

कर्णाली प्रदेशमा शतप्रतिशत मत परेको छ। प्रदेशसभा सदस्य सबै ४० र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष र नगरपालिकाका प्रमुख/उपप्रमुख १५६ गरी कुल १९६ मतदाताले मतदान गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा तीन मतदाता अनुपस्थित रहेका छन्। उनीहरु स्थानीय तहका जनप्रतिनिधि हुन्। 

सुदूरपश्चिम प्रदेशसभाका ५२ र स्थानीय तहतर्फ गाउँपलिकाका अध्यक्ष÷ उपाध्यक्ष र नगरपालिकाका प्रमुख÷उपप्रमुख मतदाता १७६ थिए। प्रदेशसभा सदस्यतर्फ सबै ५२ र स्थानीय तहका जनप्रतिनिधितर्फ १७३ मत खसेको छ। गण्डकी प्रदेशमा कुल २३० मतदातामध्ये २२९ मत खसेको छ। प्रदेशसभा सदस्यतर्फ सबै ६० जनाले मतदान गरे। स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ १७० मतदातामध्ये एकजना अनुपस्थित रहे।

मधेस प्रदेशमा ३७४ मतदातामध्ये ३७३ जनाले मतदान गरेका छन्। प्रदेशसभाका १०७ सदस्यमध्ये १०६ र स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ २६७ जनाले नै मतदान गरेको जनाइएको छ। यता, वाग्मती प्रदेशमा पाँच मतदाता अनुपस्थित भएका छन्। स्थानीय तहतर्फ तीन र प्रदेशसभा सदस्यतर्फ दुईजनाले भोट नखसालेको जनाइएको छ। 

लुम्बिनी प्रदेशमा कुल ३०५ मतदाता रहेकोमा ३०३ मत खसकेो छ। प्रदेशसभा सदस्यतर्फका सबै ८७ मत खस्यो। स्थानीय तहका २१८ मध्ये २१६ जनाले मात्र निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ। गण्डकीमा तीन, लुम्बिनीमा दुई, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका निम्ति चुनाव भएको हो। कोसीमा दुई, मधेसमा दुई, वाग्मतीमा चार पदका निम्ति निर्वाचन भएको हो। 
 

प्रकाशित मिति: १६:३२ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्