Kathmandu Press

राष्ट्रियसभा निर्वाचन सम्पन्न, राति ८ बजेसम्म नतिजा आउने

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि  मतदान भएको हो। १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।
राष्ट्रियसभा निर्वाचन सम्पन्न, राति ८ बजेसम्म नतिजा आउने

काठमाडौं, माघ ११ : राष्ट्रियसभाको १९ सदस्यका लागि भएको निर्वाचन सम्पन्न भएको छ। बिहीबार बिहान ९ बजे सुरु भएको मतदान दिउँसो ३ बजे सम्पन्न भएको हो। सातै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएकाे छ।

आज सात प्रदेशका सम्बन्धित राजधानीमा तोकिएका मतदानस्थल र केन्द्रमा पुगेर मतदाताहरुले मतदान गरे। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सकिएलगत्तै आजै गणना भई साँझ ८ बजेसम्म मतपरिणाम सार्वजनिक गर्ने गरी तयारी गरेको बताए।

Hardik ivf

फागुन २० गतेबाट रिक्त हुने २० राष्ट्रिय सभा सदस्य पदमध्ये १९ पदका लागि  मतदान भएको हो। १९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका थिए।

निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ। 

हाल कायम प्रदेशसभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ मतदाता रहेका छन्। 

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख÷उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार ५५९ हुनेछ। 

प्रकाशित मिति: १५:१७ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्