कर्णालीमा सत प्रतिशत मत खस्यो, मतगणनाको तयारी
बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो। निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार शतप्रतिशत मतदान भएको छ।
सुर्खेत, माघ ११ : राष्ट्रियसभा सदस्यको निर्वाचनमा कर्णाली प्रदेशमा मतदान सम्पन्न भएको छ।
बिहान ९ बजेबाट सुरु भएको मतदान भर्खरै सकिएको हो। निर्वाचन अधिकृतको कार्यालयले जनाए अनुसार शतप्रतिशत मतदान भएको छ। कर्णालीका ७९ वटा पालिकाका एक सय ५६ जना जनप्रतिनिधि र प्रदेशसभा तर्फका ४० जनाले मतदान गरेका छन्।
कर्णालीमा दलित, महिला र अन्य पदका लागि ६ जनाको उम्मेदवारी दर्ता भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया (रुकुम पश्चिम) अन्य, नेकपा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) दलित र एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख) को उम्मेदवारी परेको छ।
एमालेबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यबाट मुगुका डिल्लीप्रसाद भट्ट र दलित कोटाबाट दैलेखका हिक्मत विकले उम्मेदवारी परेको छ। कर्णालीमा केहि समयपछि मतगणना सुरु हुने तयारी छ।
प्रकाशित मिति: १४:१६ बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












