Kathmandu Press

‘नेपाली समाज टेक्सास’को प्रवक्तामा किरण पौडेल 

सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपलमा डा. भोजबहादुर बलायरलाई मनोनित गरिएको नेपाली समाज टेक्सासले जनाएको छ।
‘नेपाली समाज टेक्सास’को प्रवक्तामा किरण पौडेल 

काठमाडाैं, माघ ११ : ‘नेपाली समाज टेक्सास’ ले सँस्थाको प्रवक्तामा निवर्तमान उपाध्यक्ष किरण पौड्याललाई मनोनित गरेको छ।

संस्थालाई थप व्यवस्थित गर्न र सहज रुपमा सूचना प्रवाह गर्न नवनिर्वाचित  कार्य समितिको पहिलो बैठकबाट प्रबक्ता नियुक्त गरिएको अध्यक्ष राजेन्द्र वाग्लेले बताए। उनका अनुसार  नेपाली समाज टेक्सास स्थापनाको २५ वर्षको ईतिहासमा पहिलो पटक ‘प्रवक्ता’ पाएको हो। 

Hardik ivf

यसैगरी सोही बैठकबाट ग्लोबल नेपाली पाठशालाको प्रिन्सिपलमा डा। भोजबहादुर बलायरलाई मनोनित गरिएको नेपाली समाज टेक्सासले जनाएको छ। मनोनीत गरिएका सबै जनालाई नेपाली समाज टेक्सासका अध्यक्ष राजेन्द्र वाग्लेले पद तथा गोपनियताको पद सपथ गराएका थिए। 

नेपाली समाज टेक्सासले नेपाली समुदायको बृहत सहभागितामा समुदायमा गर्नु पर्ने कामको सन्दर्भमा सुझाव सँकलन कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष वाग्लेले बताए। 

‘नेपाली समाज टेक्सास’को प्रवक्ता भएसँगै आफूलाई थप जिम्मेवारी बोध भएको पौड्यालले बताए।  ‘२५ वर्षको इतिहास मै पहिलो पटक नेपाली समाज टेक्ससले ‘प्रबक्ता’ पाएको छ। नेपाली समाज टेक्ससको पहिलो प्रबक्ताको जिम्मेवारी लिन पाउदा गर्व लागेको छ।

निवर्तमान उपाध्यक्ष भैरहदा ‘प्रबक्ता’ बनेर नया उर्जाका साथ फेरी समाजमा काम गर्न आएको छु। आवश्यकता अनुसार  नेतृत्व दिने र समाज सेवकको रुपमा सधै आफुलाई प्रस्तुत गरिरहनेछु’, उनले भने।

प्रकाशित मिति: १३:४३ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्