धरानका मेयर हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार
साम्पाङले कार्यव्यस्तता देखाउँदै मत नहाल्ने जनाएका छन्। उनले आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान नभ्याएको प्रतिक्रिया संचारमाध्यममा दिएका छन्।
धरान, माघ ११ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका छन्।
साम्पाङले कार्यव्यस्तता देखाउँदै मत नहाल्ने जनाएका छन्। उनले आफ्नै काममा व्यस्त रहेकोले मत हाल्न जान नभ्याएको प्रतिक्रिया संचारमाध्यममा दिएका छन्।
विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा बिहान ९ बजेदेखि मतदान चलिरहेको छ। कोसी प्रदेशसभाका सबै ९३ सांसदले मतदान गरिसकेको जनाइएको छ।
अब १३७ स्थानीय तहतर्फका १० जनाले मतदान गर्न बाँकी छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले पनि मतदान वहिष्कार गरेका छन्।
प्रकाशित मिति: १३:३० बजे, बिहीबार, माघ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार