Kathmandu Press

भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेला सुरू

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ।
भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेला सुरू

भक्तपुर, माघ ११ : भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा माधव नारायण मेलाको व्रत शुभारम्भ भएको छ।

हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर माधवनारायणको पूजा गरेपछि व्रत शुरु हुन्छ। साँखुको शालिनदीमा भन्दा पहिलादेखि यस मेला एवं व्रत शुरु भएको शिलालेख एवं ग्रन्थमा पाइएको स्थनीयको भनाइ छ।

Hardik ivf

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत शुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ। नेसं ७२२ मा रणजीत मल्ल आफैँले व्रतको व्यवस्थापन गरिएका शिलालेखमा उल्लेख गरिएको छ।

त्रिवेणीघाटमा डुबेर एकचित्त भएर जे माग्यो त्यो पूरा हुने जनविश्वास रहेकाले हनुमानघाटमा व्रत बस्ने र स्नान गर्ने आउने गरेका छन्।

वर्तालुहरु त्रिवेणीघाटमा महिना दिनसम्म बसेर व्रत पूरा गर्ने र कतिपय वर्तालु भने हरेक दिन बिहान त्रिवेणीघाटमा आएर नुहाउने तथा विभिन्न स्थानको कलशयात्रामा सहभागिता जनाउने परम्परा छ। वर्तालुले माघ शुक्ल पूर्णिमाको दिन बिहान त्रिवेणीखोलामा आएर स्नान गरी माधवनारायणको पूजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका विभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा इन्द्रकलश चढाएर व्रत समापन गर्ने परम्परा छ।

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्