Kathmandu Press

राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन

काठमाडौं महानगरपालिका बागमती प्रदेशमा पर्ने भएकाले मतदानका लागि प्रदेश राजधानी हेटौंडा पुग्नुपर्छ।
राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्न गएनन् मेयर बालेन

काठमाडौं, माघ ११ : यतिखेर राष्ट्रियसभा सदस्यको निर्वाचन भइरहेको छ। यस निर्वाचनमा प्रदेससभा सदस्य तथा पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।

मतदानका लागि सबै मतदाता तोकिएका थाउँमा भेला भइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) भने मतदानमा सहभागी नहुने भएका छन्।

Hardik ivf

उपप्रमुख सुनिता डंगोल भने मतदानस्थल हेटौंडा पुगिसकेकी छन्। काठमाडौं महानगरपालिका बागमती प्रदेशमा पर्ने भएकाले मतदानका लागि प्रदेश  राजधानी हेटौंडा पुग्नुपर्छ। मतदानको समय दिउँसो ३ बजेसम्म छ।

‘बालेनको सचिवालयले पनि कार्य व्यस्तताको कारण मतदानमा नजाने अवस्थामा रहेको उनकास्वकीय सचिव भूपदेव शाहले जानकारी दिए। उनी यसअघिको प्रदेशसभा निर्वाचनमा पनि भोट हालेका थिएनन्।

२०७४ फागुनमा निर्वाचित राष्ट्रियसभा सदस्यको पदावधि फागुन २० गते सकिन लागेपछि अर्को छवर्षे पदावधिका लागि १९ सदस्यको निर्वाचन भइरहेको हो । कानुनतः पदावधि सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था छ। बागमती प्रदेशमा राष्ट्रियसभा सदस्यको रिक्त चार सदस्य पदको लागि मतदान जारी छ।

प्रकाशित मिति: १२:४२ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्