Kathmandu Press

बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। 
बिहीबार पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने

काठमाडौं, माघ ११ : जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशको पहाडी भूभागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ। मधेस प्रदेशका अधिकांश भुभागहरुसहित तराईका जिल्लाहरुमा हुस्सु तथा कुहिरो लागेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। 

Hardik ivf

बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक, दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहीबार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक,दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:३६ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्