Kathmandu Press

राष्ट्रिय सभाको निर्वाचन नतिजा आजै बेलुकासम्म आइसक्ने

निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । 
राष्ट्रिय सभाको निर्वाचन नतिजा आजै बेलुकासम्म आइसक्ने

काठमाडौं, माघ ११ : राष्ट्रियसभा सदस्य निर्वाचन कार्यक्रम अन्तर्गत आज मतदान हुँदै छ । बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको कार्यक्रम छ । मतदान सकिएलगत्तै आजै मतगणना हुनेछ । साँझसम्म अन्तिम मतपरिणाम आउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा आठ राजनीतिक दलका ५१ उमेदवार चुनावी मैदानमा छन् । आयोगका अनुसार कोसी प्रदेशमा पाँच, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी प्रदेशमा ६ जना उमेदवार छन् । 

Hardik ivf

सातवटै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपांगता भएका व्यक्ति वा अल्पसंख्याक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उमेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । 

निर्वाचनका लागि कुल दुई हजार ४७ मतदाता रहेका छन् । जसमध्ये कोसीमा कुल ३६७ मतदाता रहेका छन् । मधेसमा ३७४, वाग्मतीमा ३४७ मतदाता रहेका छन् । गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कर्णालीमा १९६ र सुदूरपश्चिममा २२८ मतदाता छन् । 

प्रकाशित मिति: ०८:२४ बजे, बिहीबार, माघ ११, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्