यू–१९ विश्वकप : नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित, पाकिस्तान सुपर सिक्समा
बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भयो। यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।काठमाडाैं, माघ १० : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपाली युवा टिमले लगातार दोस्रो हार व्यहोरेको छ।
बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भयो। यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।
नेपाललाई हराएसँग पाकिस्तान सुपर सिक्समा पुगेको छ। अघिल्लो खेलमा पाकिस्तानले अफगानिस्तालाई १८० रनको फराकिलो अन्तरले हराएको थियो। यो समूहबाट न्युजिल्यान्ड सुपर सिक्स पुगिसकेको छ ।
नेपाल र अफगानिस्तानबीचको विजेता तेस्रो टिमका रुपमा सुपर सिक्स पुग्नेछ। यो खेल शुक्रबार हुनेछ।
नेपालले दिएको १९८ रनको सामान्य लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि आजन आविसले ८२ बलमा ६ चौकासहित नटआउट ६३ रन जोडे बताए।
यस्तै? पाकिस्तानलाई ओपनर शम्याल हुसेन र शाहजैब खानले २१.२ ओभरमा ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुआत दिलाएका थिए। दुवैले समान ३७ रन बनाए। दुवैलाई एकै ओपरमा आकाश चन्दले आउट गरेका थिए। यस्तै, अहमद हसनले २९ रन बनाए।
बलिङमा नेपालका आकाश चन्दले ३ विकेट लिए भने आकाश त्रिपाठी र दीपेश कँडेलले समान १ विकेट लिए।
त्यसअघि बफेलो पर्कमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल अन्तिम बलमा १९७ रनमा अलआउट भयो।
राम्रो सुरुआतग गरेपनि मिडल अर्डनर चल्न नसक्दा नेपालमा सानमान्य योगफलमा समेटियो। १७ ओरभमा २ विकेटको क्षतिमा ८० बनाएको नेपाल कप्तान देव खनाल आउट भएपछि निरन्तर दबाबमा परेको थियो।
नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३८ रन बनाए। उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, दीपक डुम्रेले ५८ बलमा २६ रन बनाउँदा देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सान झाले १८ र आकाश चन्दले १६ रनको योगदान दिए।
नेपालका इनिङ धरासायी बनाउने क्रममा अराफात मिन्हासले ३ तथा उवेद साह र अहमद हुसैनले समान २ विकेट लिए।