मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्छ : ठाकुर
नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवै जनताहरुलाई समान व्यवहार हुनुपर्ने उहाले बताए।
काठमाडौं, माघ १० : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेशमाथिको अन्यायको अन्त्य हुनुपर्ने बताएका छन्।
स्वर्गीय गजेन्द्र नारायण सिंहको २२औं पुन्यतिथिको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ठाकुरले मधेशमा विभिन्न प्रकारको विभेद हुनेगरेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सवै जनताहरुलाई समान व्यवहार हुनुपर्ने उहाले बताए।
उनले सबै जनताहरुले समान अधिकार पाउन सकेमात्रै पूर्ण लोकतन्त्रको आभाष हुने जिकिर गरे।
प्रकाशित मिति: १९:४३ बजे, बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












