Kathmandu Press

‘कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्था अन्त्यहुनुपर्छ’

आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किराँतीले विमानस्थलबाट हुने सुन लगाएतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण बिमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए।
‘कर्मचारीका कारण विमानस्थल बद्नाम हुने अवस्था अन्त्यहुनुपर्छ’

काठमाडौं, माघ १० : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कर्मचारीका कारण बिमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताएका छन्।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नवनिर्मित आन्तरिक टर्मिनल भवनको उद्घाटन गर्दै मन्त्री किराँतीले विमानस्थलबाट हुने सुन लगाएतका तस्करीमा कर्मचारीको पनि संलग्नता देखिएको भन्दै कर्मचारीका कारण बिमानस्थल बद्नाम हुने अवस्थाको अन्त्य हुनुपर्ने बताए।

Hardik ivf

देशका निम्ति इज्जत जोगाईदिने काम गर्न उनले कर्माचारीहरुलाई आग्रह गरे। उनले देश र जनतालाई अग्रभागमा राखेर काम गर्ने भन्दै बिमानस्थलको सुधारका लागि निरन्तर काम गर्ने बताए।

मन्त्री किराँतीले मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाएर जनताको जिवनस्तरमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे।

पुरानो आन्तरिक आगमन टर्मिनल भवन सानो भएकाले सेवाग्राहीलाई समस्या परेका कारण भवनबाट सेवा सुरु गरिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ। त्यस्तै प्राधिकरणले पार्किङ क्षेत्रमा देखिएको समस्या पनि समाधान गर्दै लैजाने जानकारी दिएको छ।

प्रकाशित मिति: १९:३६ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्