राष्ट्रिय सभा निर्वाचनका लागि कोशी पैदेशमा सबै तयारी पुरा
निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए।
माेरङ, माघ १० : विभिन्न प्रदेशमा बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
क्रममा कोशी प्रदेशमा मतदान स्थल लगायत सम्पूर्ण प्रकृया तयारी भएको निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ।
निर्वाचनका लागि प्रदेश निर्वाचन कार्यालय मतदान स्थलमा दुईवटा मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता हेमबहादुर बुढाथोकीले जानकारी दिए।
उनले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिका लागि अलग–अलग मतदान केन्द्र निर्धारण गरिएको बताए। त्यसैगरी मतदान सकिए पछि मतगणना गरिने उनले बताए।
कोशी प्रदेशमा एक महिला र एक अन्य गरी २ पदका लागि निर्वाचन हुँदैछ। राष्ट्रिय सदस्य निर्वाचनमा प्रदेशसभाका ९३ र स्थानीय तहका प्रमुख÷उपप्रमुख २७४ गरि ३६७ जना मतदाता रहेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख÷उपप्रमुखको मतदभार १९ रहेको छ ।