भरत खवासको गोलमा आर्मी आहा रारा गोल्डपको क्वार्टरफाइनलमा
बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
कास्की, माघ १० : विभागीय टिम त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
बुधबार पोखरा रंगशालामा भएको खेलमा आर्मीले राइजिङ स्टार एफसीलाई १–० गोल अन्तरले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको हो।
आर्मीलाई जित दिलाउन भरत खवासले निर्णायक गोल गरे। भरतले खेलको २७ औं मिनेटमा गोल गरेका थिए। त्यसपछि खेलमा गोल नहुँदा आर्मी विजयी भयो।
आर्मीले सेमिफाइनल प्रवेशका लागि अर्को ए डिभिजन क्लब संकटासँग खेल्नेछ।
प्रकाशित मिति: १८:४४ बजे, बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1776510445.jpg)
-1755950009.png)