Kathmandu Press

आगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाइ : स्वास्थ्यमन्त्री

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन्।
आगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरूमा नर्सिङ र प्यारामेडिक्सको पढाइ : स्वास्थ्यमन्त्री

काठमाडाैं, माघ १० : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले आगामी शैक्षिक सत्रदेखि १०० देखि ३०० शैयाका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाइ सुरु हुने दाबी गरेका छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको ९० औं वार्षिकोत्सव समारोहलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले चिकित्सा शिक्षाको विकासले देशमा रोजगारीको ढोका खुल्ने बताएका हुन्।

Hardik ivf

स्वास्थ्य मन्त्रालयले १०० देखि ३०० शैयासम्मका अस्पतालहरुमा नर्सिङ र प्यारामेडिक्सको पढाई गर्ने र ३०० शैयाभन्दा माथिका अस्पतालहरुमा एमविविएसको पढाई गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाइसकेको उनले बताए।

उनले अब अस्पतालहरुले विरामीको उपचार मात्र गर्ने नभई चिकित्सा क्षेत्रको जनशक्ति पनि उत्पादन गर्नुपर्ने उल्लेख गरे। मन्त्री बस्नेतले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको सेवा विस्तारका लागि मन्त्रालय सकारात्मक रहेको बताए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा.युवानिधि बसौलाले ३०० शैयाको अस्पताल बनाउने घोषणा सरकारले गरेको भए पनि अहिलेसम्म १०० शैयामै सञ्चालनमा रहेको बताए। पछिल्ला दिनमा अस्पतालले आफ्नो सेवा सुधारमा बिशेष ध्यान दिएको उनको भनाइ छ । 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्