Kathmandu Press

बहुल राष्ट्रिय राज्य स्थापना गर्न आन्दोलनको तयारी भइरहेकाे छ : राजेन्द्र महतो

उनले नेपाल मधेशी, जनजाती, थारु, खस आर्य सबैको देश भएको अभास हुनुपर्ने धारणा राखे। महताेले आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरे।
बहुल राष्ट्रिय राज्य स्थापना गर्न आन्दोलनको तयारी भइरहेकाे छ : राजेन्द्र महतो

काठमाडौं, माघ १० : लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले बहुल राष्ट्रिय राज्य स्थापनाका लागि आन्दोलनको तयारीमा रहेको बताएका छन्।

स्वर्गीय गजेन्द्र नारायण सिंहको २२ औं पुन्यतिथिको अवसरमा गजेन्द्र नारायण सिंह अध्ययन केन्द्रले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले देशलाई एकल चलाइएको भन्दै बहुल राष्ट्रिय राज्य स्थापनाको लागि आन्दोलनको तयारीमा रहेको बताएको हो।

Hardik ivf

उनले नेपाल मधेशी, जनजाती, थारु, खस आर्य सबैको देश भएको अभास हुनुपर्ने धारणा राखे। महताेले आफ्नो अधिकार, पहिचान, सभ्यता संस्कृतिको रक्षाका लागि उत्पीडनमा परेका सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा अन्य सहभागीहरुले स्वर्गीय नेता सिंहको सम्झना गर्दै उनको योगदानबारे चर्चा गरेका थिए।

प्रकाशित मिति: १७:५६ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्