Kathmandu Press

नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

राम्रो सुरुआतग गरेपनि मिडल अर्डनर चल्न नसक्दा नेपालमा सानमान्य योगफलमा समेटियो। १७ ओरभमा २ विकेटको क्षतिमा ८० बनाएको नेपाल कप्तान देव खनाल आउट भएपछि निरन्तर दबाबमा परेको थियो।
नेपालले दियो पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य

काठमाडाैं, माघ १० : दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको दोस्रो खेलमा नेपालले पाकिस्तानलाई १९८ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपाल अन्तिम बलमा १९७ रनमा अलआउट भयो।

राम्रो सुरुआतग गरेपनि मिडल अर्डनर चल्न नसक्दा नेपालमा सानमान्य योगफलमा समेटियो। १७ ओरभमा २ विकेटको क्षतिमा ८० बनाएको नेपाल कप्तान देव खनाल आउट भएपछि निरन्तर दबाबमा परेको थियो।

Hardik ivf

नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३८ रन बनाए। उनले ६८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै, दीपक डुम्रेले ५८ बलमा २६ रन बनाउँदा देव खनालले २३, सुवास भण्डारीले २०, गुल्सान झाले १८ र आकाश चन्दले १६ रनको योगदान दिए।

नेपालका इनिङ धरासायी बनाउने क्रममा अराफात मिन्हासले ३ तथा उवेद साह र अहमद हुसैनले समान २ विकेट लिए।

प्रकाशित मिति: १७:३७ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्