१८औँ पुण्य स्मृतिमा फाउन्डेसनले सम्झियो तारा देवी, डेढ दर्जन बढी कलाकारले गाए गीत
कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायक, गायिकाले तारा देवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका थिए।
काठमाडौं, माघ १० : तारा देवी स्मृति फाउन्डेसनले १८ औँ पुण्य स्मृतिका अवसरमा ‘सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान’ कार्यक्रको आयोजना गरेको छ।
कार्यक्रममा तारा देवीको सम्झनामा डेढ दर्जनभन्दा बढी वाद्यवादक समूहको सहायतामा, एक दर्जनभन्दा बढी गायक, गायिकाले तारा देवीद्वारा स्वरबद्ध गरिएको गीत गाएका थिए।
कार्यक्रमको सुरुवात ‘मुस्कानका लहरहरु’ रत्न समशेर थापाको रचना तथा संगीत नातिकाजी र शिव शंकर रहेको गायक सन्जिव आले मगर तथा गीता पाण्डेको प्रस्तुति सुरुवाती बाट नै कार्यक्रमस्थल तारादेवीमय बनेको थियो। प्रस्तुतिकै क्रममा निशा देसारले विश्व बल्लभको शब्द तथा नातिकाजीको संगीत रहेको ‘शुभकामना’ प्रस्तुत गर्दा माहोल मन्त्रमुग्ध बनाईन।
कार्यक्रमा गायिकाहरु निशा देसार,गीता पाण्डे,जीना रसाईली,त्रितिया गुरुङ,बबिना भट्टराई देखि शुधा शेर्पा,प्रस्तुति खनाल,अन्जुली हमाल,अग्रिमा रिजाल सम्मका कलाकारहरुले सुमधुर गीत पस्केका थिए। गायिका शर्मीला लामाले धर्मराज थापाको शब्द तथा नातिकाजीको संगीतमा रहेको तारादेवीको ‘कालीपारे दाइ कति राम्रो‘ गीत गाइन्।
कार्यक्रममा ६ वटा युगल प्रस्तुति गरिएको थियो। जसमा सम्मानित संगीतकार दिपक जंगम तथा तारा देवीको स्वराङ्क्न, रचना किरण खरेल,संगीत दिपक जंगम ‘उनले अङगालो हालेर’ गायक अजर जंगम तथा गायिका जीना रसाईलीले प्रस्तुत गरे।
यस्तै किरण खरेलको शब्द तथा अम्बर गुरुङको संगीत रहेको अनिल सुनाम तथा बबिना भट्टराईले ‘तिम्रो नाम अझै छ ओठमा’ बोलको गीत सुमधुर गाए। नगेन्द्र थापाको शब्द तथा गोपाल योन्जनको संगीत तथा गायिका तारा थापा रहेको ‘हो माझी दाइ तारी नदेऊ’ झुमा निरौलाले न्याय गरेर सम्मानित गायिकाको अगाडी प्रस्तुती गरिन।
राष्ट्रकवि माधवप्रसाद घिमिरेको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको फुलको थुंगा गीतको गीति नृत्य अनुजा अधिकारी,अस्मिता ढकाल र सलिना मिश्रले प्रस्तुत गर्दा कार्यक्रमका अधिकांशको आँखा आशुले रसाए।
चांदनी शाहको शब्द तथा नातिकाजी श्रेष्ठको संगीत रहेको ‘उकाली ओरालीहरुमा’ अन्जना श्रेष्ठले प्रस्तुत गरिन। रत्न समशेर थापाको शब्द तथा शुभ बहादुर सुनामको संगीत रहेको ‘फुलै फुलको मौसम तिमीलाई’ जीना रसाईलीले मिठास सहित गाईन। कुमार बस्नेतको सङकलन रहेको ‘कर्कलो गाभा’ गीत गीता पाण्डेले प्रस्तुत गर्दा माहोल निकै तताइन्।
सम्झनामा तारा देवी तथा स्रस्टा सम्मान शीर्षकको कार्यक्रममा नेपाली सांगीतिक क्षेत्रमा योगदान पुर्याउने तीन अग्रज सष्टाहरु बिशिष्ठ गीतकार श्री बिश्व बल्लभ, बिशिष्ठ संगीतकार दिपक जंगम र बिशिष्ठ गायिका तारा थापालाई जनही २५ हजार, ताम्रपत्र साथै दोषल्ला सहित फाऊण्डेशनका संरक्षक रवि श्रेष्ठ सहित फाऊण्डेशनका पदाधिकारीहरुले हस्तारण गरे। तारा देवीका छोरा रवि श्रेष्ठको व्यक्तिगत पहलमा उक्त रकम प्रदान गरिएको हो। तारा देवीको गीत र सिर्जनाको संरक्षण गर्न र नेपाली सांगीतिक क्षेत्रमा बचाइराख्न २०७२ सालमा तारादेवी स्मृति फाऊण्डेशनको स्थापना भएको थियो।
काठमाडौँ महानगरपालिकाको सहकार्यमा, टोखा नगरपालिका, बुढानिलकण्ठ नगरपालिका लगायतको सहकार्यमा सो कार्यक्रमको आयोजना गरिएको हो।









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


