Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषदका निर्णय

प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ।
यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडौं, माघ १० : सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचन विवादको छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले गैरआवासीय नेपाली संघको निर्वाचन विवादका बारेमा छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्ने निर्णय भएको जानकारी दिइन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देश गरिएको छ।

Hardik ivf

त्यस्तै बैठकले धितोपत्र बजार सञ्चालन गर्ने संगठीत संस्थासम्बन्धी अध्ययन गर्न राष्ट्र बैंकका पूर्व डेपुटी गर्भनर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा तीन सदस्य अध्ययन समिति गठन गरेको छ।

मन्त्रिपरिषद्ले २०८० पुस मसान्तसम्म संकलन भएको राजस्व अनुपातका आधारमा तेश्रो किस्ता र २०८० चैत्र मसान्तसम्म संकलन हुने राजस्व अनुपातको आधारमा अन्तिम किस्ता बित्तीय समानीकरण अनुदान प्रदेश रस्थानीइ तहमा हस्तान्तरण गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिइन्।

बैठकले ऊर्जा मन्त्रालय तथा अन्तर्गतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको छ भने  नेपाल र कतार सरकारबीच प्रस्तावित कूटनीीतक तालिम र शिक्षासम्बन्धी समझदारी पत्र स्वीकृत गर्ने र उक्त समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी परराष्ट्र मन्त्रालयलाई दिने निर्णय गरेको प्रवक्ता शर्माले बताइन्।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले रातो मन्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाग भैरवनाथ (विस्केट) जात्राको धार्मिक कार्यका लागि १ हजार ७ सय ८० घनफिट काठ गुठी संस्थानलाई उपलब्ध गराई वन पैदावारको रोयल्टी मिनाहा गर्ने र चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्दान्तिम स्वीकृति दिने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १६:३० बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्