टेलिकम र सुरक्षण मुद्रणका तत्कालीन हाकिम अख्तियारको नियन्त्रणमा
उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरी अख्तियारको हिरासत राखेको छ। अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा छापा मार्दै कागजात समेत कब्जामा लिएको छ।
काठमाडौं, माघ १० : नेपाल टेलिकमका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्राउ गरी नियन्त्रणमा लिएको छ।
उनीहरुलाई अख्तियारको टोलीले पक्राउ गरी अख्तियारको हिरासत राखेको छ। अख्तियारले शान्तिनगर र मण्डिखाटारस्थित दुवैका निवासमा छापा मार्दै कागजात समेत कब्जामा लिएको छ।
अख्तियारले यसअघि सुनील पौडेलसहितका व्यक्तिविरुद्ध २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको थियो।
२०८० असोज १५ मा मुद्दा दायर भएको थियो। विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब ७० करोड रुपैंया मागदाबीसहित अर्को भ्रष्टाचार मुद्दा दायर भएको थियो। बुधबार पक्राउ परेका उनीहरुमाथि भ्रष्टाचारमा थप छानविन गर्ने तयारी भएको जनाइएको छ।
प्रकाशित मिति: १६:०४ बजे, बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार