Kathmandu Press

उदयपुर सिमेन्टमा भ्रष्टाचारको दाबीसहित ८ जनाविरुद्ध मुद्दा

भ्रष्टाचार मुद्दा दर्ता हुनेमा उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्र कुमार पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्णलगायत छन्।
उदयपुर सिमेन्टमा भ्रष्टाचारको दाबीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, माघ १० : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित सुरेन्द्रकुमार पौडेलसहित ८ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

भ्रष्टाचार मुद्दा दर्ता हुनेमा उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित तत्कालीन नायब महाप्रबन्धक नवल किशोर साहा, तत्कालीन का.मु. उपनिर्देशक पवन कुमार लाल कर्ण, तत्कालीन प्रबन्धक भरत प्रसाद नेपाल, अधिकृत नवौं डेमलाल खनाल, तत्कालीन प्रबन्धक कमलराज पौडेल, तत्कालीन निर्देशकद्वय (प्रा.) ध्रुब बहादुर देवकोटा र महेश प्रसाद काफ्ले छन्। 

Hardik ivf

अख्तियारले जनाए अनुसार यी प्रतिवादीविरुद्ध भेरियबल फ्रिक्वेन्सी ड्राइभ (भीएफडी) खरिद गर्दा अनियमितता गरेको अभियोग छ। आवश्यकताको पहिचान र औचित्यसमेत एकिन नगरी लागत अनुमानसमेत नबनाई केही उपयोग नहुने सामग्री खरिद गरेको दाबी अख्तियारको छ।

यस्तै, सामान खरिद पश्चात गुणस्तर परीक्षण नगराएको, जिम्मेवार पदाधिकारीबाट भुक्तानी नगरी निमित्तबाट भुक्तानी गरी महाप्रबन्धकबाट समर्थनसमेत नगराएको, खरिद गरिएको सामग्रीमध्ये १६० किलोवाटको भीएफडी प्यानल पार्ट–ए उदयपुर सिमेन्ट उद्योगले प्राप्त गरेको पाँच वर्षभन्दा बढी समयसम्म पनि परीक्षण नगरिएको दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप भ्रष्टाचारमा कारवाही माग गरिएको छ। 

खरिद गरिएको सामाग्रीमध्ये १६० किलोवाटको २२ लाख ७८ हजार ३०५ रुपैयाँ ६० पैसा बराबरको रकम भुक्तानी गरी उद्योगलाई हानि पुर्याएको दाबी अभियोगपत्रमा छ। अख्तियारले उनीहरुबाट भ्रष्टाचारको बिगो समेत असुल गरी सजाय गर्न माग गरेको छ। तत्कालीन महाप्रबन्धक पौडेललाई भ्रष्टाचार निवारण ऐनको दफा २४ बमोजिम थप सजायँ हुन समेत मागदाबी गरिएको लिइएको छ। 
 

प्रकाशित मिति: १५:४६ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्