Kathmandu Press

काेशीविरूद्धकाे जितसँगै सुदूरपश्चिमकाे फाइनल आशा कायमै

बुधबार टियु क्रिकेट मैदानमा कोशी सुदुरपश्चिमसंग ८ विकेटले पराजित भएको हो। जारी प्रतियोगीतामा कोशीको यो आठौँ हार हो।
काेशीविरूद्धकाे जितसँगै सुदूरपश्चिमकाे फाइनल आशा कायमै

काठमाडाैं, माघ १० : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले अर्को हार बेहोरेको छ।

बुधबार टियु क्रिकेट मैदानमा कोशी सुदुरपश्चिमसंग ८ विकेटले पराजित भएको हो। जारी प्रतियोगीतामा कोशीको यो आठौँ हार हो। जितका लागि १ सय २४ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले २१ दशमलव १ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

सुदुरपश्चिमका लागि नरेन भट्टले अर्धशतकीय पारी खेल्दै सर्वाधिक ५४ रन बनाए। कोशीका लागि दुवै विकेट फिर्दोश अन्सारीले लिएका थिए।

त्यसअघि  टस जितेर पहिला ब्याटिङ रोजेको कोशी ३२ ओभरमा १२३ रनमा समेटिएको थियो। सुदुरपश्चिमका शेर मल्लले ५ विकेट लिएका थिए। निरन्तर हारसंगै कोशी अंकतालिकाको पुछारमा रहेको छ।

प्रकाशित मिति: १५:१० बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्