पाँचौं जितसँगै फाइनल पुग्ने पुलिसको सम्भावना बलियाे
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो।काठमाडौं, माघ १० : राजधानीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई पराजित गर्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको छ।
मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले मधेशमाथि ६ विकेटको जित निकाल्दै प्रतियोगितामा पाँचौँ जित दर्ता गराएको हो। पुलिसले ५ खेलमा १० अंक जोड्दै अंक तालिको शीर्ष स्थानमा यथावत् छ। यता मधेशले ७ खेलमा ८ अंक जोडेको छ। मधेश अंक तालिकाको तेस्रो स्थानमा छ।
मधेशले प्रस्तुत गरेको ९७ रनको समान्य लक्ष्य पुलिसले १८ दशमलव ३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो। पुलिसका लागि सुनिल धमलाले सर्वाधक २८ रनको योगदान दिए। त्यस्तै कुशल भुर्तेलले १९, आरिफ शेखले अविजित १६ र अमृत श्रेष्ठले अविजित १५ रन बनाए। मधेशका लागि रञ्जीत कुमार र अर्निको यादवले समान दुईरदुई विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले २४ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको योगफल बनाएको थियो। मधेशका लागि अर्निको यादवले २३, कप्तान हरिशङ्कर शाहले २२ र अभिशेक तिवारीले अविजित ११ रन बनाए।
पुलिसका लागि सागर ढकालले पाँच विकेट लिए भने ललितनारायण राजवंशीले चार विकेट झारे। त्यस्तै राशिद खानले एक विकेट लिए।