Kathmandu Press

‘बेटी पढाउ, बेटी बचाउ’ भ्रष्टाचार प्रकरणको फैसला आउँदै 

उक्त मुद्दामा विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा गत माघ ८ देखि अन्तिम सुनुवाइ चलिरहेको छ।
‘बेटी पढाउ, बेटी बचाउ’ भ्रष्टाचार प्रकरणको फैसला आउँदै 

काठमाडौं, माघ १० : मधेस प्रदेशको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रममा १० करोड ३३ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित दायर मुद्दामा फैसला सुनाउने तयारी भएको छ। 

मधेस प्रदेशका तत्कालीन सचिव यामप्रसाद भुसाल, जलस्रोत तथा सिँचाइ विकास डिभिजन जनकपुरका तत्कालीन सीडीई भगवान झा, सहलेखापाल राजाराम मण्डल तथा ओम सत्यसाई प्रालि वीरगन्ज पर्सा र त्यसका प्रबन्ध निर्देशक रेनु अग्रवालसहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७९ साउन १८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। जिन्सी शाखा प्रमुख रामस्वार्थ महतो र उक्त शाखाका खरिदार जीतमोहनकुमार दास विरुद्ध पनि भ्रष्टाचारको आरोप छ। 

Hardik ivf

उक्त मुद्दामा विशेष अदालतका न्यायाधीशहरु नारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासमा गत माघ ८ देखि अन्तिम सुनुवाइ चलिरहेको छ। सम्भवतः आजै फैसला आउनसक्ने जनाइएको छ।

गैरकानुनी लाभ तथा हानि पुर्‍याई भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ। कम्पनी नखुलाई साइकल किनेर तीन महिनादेखि गोदाममा राखिएको लगायत प्रश्न उठाउँदै अख्तियारमा परेको उजुरीमा छानविनपछि भ्रष्टाचार मुद्दा दायर भएको हो। अख्तियारले जनही १० करोड ३३ लाख सात सय ५८ रुपैयाँ बिगो मागदाबी गरेको छ। 

प्रकाशित मिति: १४:५३ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्