Kathmandu Press

महानगरको कार्यालयअगाडि सडक व्यवसायीकाे प्रदर्शन

महानगरले तोकेको समयमा सडकमा व्यापार गर्दा पनि आफूहरुको सामान खोस्ने काम गरेको भन्दै उनीहरुले महानगरको कार्यालयअगाडि प्रदर्शन गरेका हुन्।  
महानगरको कार्यालयअगाडि सडक व्यवसायीकाे प्रदर्शन

काठमाडौं, माघ १० : काठमाडौं महानगरपालिकाले आफूहरुलाई दमन गरेको भन्दै सडक व्यवसायीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका छन्।

महानगरले तोकेको समयमा सडकमा व्यापार गर्दा पनि आफुहरुको सामान खोस्ने काम गरेको भन्दै उनीहरुले महानगरको कार्यालयअगाडी प्रदर्शन गरेका हुन्।  

Hardik ivf

उनीहरुले निर्वाध रुपमा आफ्नो व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग राखेका छन्। त्यस्तै उनीहरुले यसअघि महानगरसंग भएको चार बुँदे सहमति कार्यान्वयन गर्न महानगरसमक्ष आग्रह गरेका छन्। नेपाल स्वतन्त्र सडक व्यापार श्रमिक संगठनका अध्यक्ष कुमार सापकोटाले महानगरले ज्यादती गरेका कारण आन्दोलन गर्नुपरेको बताए।

उनले यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सडक व्यवसायीहरुलाई बिकल्प दिनुपर्ने माग गरेको उल्लेख गरे।

श्रमिकहरुलाई नजरअन्दाज गरे कडा सडक आन्दोलन गर्न बाध्य हुने भन्दै श्रमिकहरुलाई श्रम गरेर खान दिनुपर्ने उहाको भनाइ छ। चार दिन अगाडी काठमाडौंको रत्नपार्क क्षेत्रमा राती साढे ८ बजे महानगरले लुटपाट शैलीमा सामान खोसेको सडक व्यवसायीहरुको आरोप छ। 

प्रकाशित मिति: १४:५१ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्