Kathmandu Press

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल, गुम्याे एक विकेट

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपालले सुरूवातमै भरपर्दा ओपनर अर्जुन कुमाललाइ व्यक्तिगत ६ रनमा गुमायाे।
विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध ब्याटिङमा नेपाल, गुम्याे एक विकेट

काठमाडौं, माघ १० : आइसिसी यु-१९० विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर ब्याटिङ गरिरहेकाे छ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा भइरहेकाे खेलमा नेपालले सुरूवातमै भरपर्दा ओपनर अर्जुन कुमाललाइ व्यक्तिगत ६ रनमा गुमायाे। उनी अहमद हसनकाे बलमा बाेल्ड भए। ताजा अवस्थामा नेपाल छैटाैं ओभरकाे समाप्तिमा एक विकेटकाे क्षतिमा ३८ रन बनाएर खेलिरहेकाे छ।   

Hardik ivf

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा छ। नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो। त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ। पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो। 

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन्। समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन्।

नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन्।

प्रकाशित मिति: १४:२२ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्