Kathmandu Press

न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि आज पनि प्रदर्शनमा व्यापारी

काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरुले सटर बन्द गरि प्रदर्शन गरेका हुन्। उनीहरुले आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप प्रभाव पर्ने बताएका छन्।
न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेपछि आज पनि प्रदर्शनमा व्यापारी

काठमाडौं, माघ १० : काठमाडौं महानगरपालिकाले सवारी पार्किङ निषेध गरेपछि काठमाडौं न्युरोड क्षेत्रका व्यापारीले बुधबार पनि प्रदर्शन गरेका छन्। 

काठमाडौंको न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा सवारी पार्किङ निषेध गरेको भन्दै व्यापारीहरुले सटर बन्द गरि प्रदर्शन गरेका हुन्। उनीहरुले आर्थिक मन्दीले सुस्त रहेको व्यापारमा महानगरपालिकाको निर्णयले थप प्रभाव पर्ने बताएका छन्।

Hardik ivf

व्यापारीहरुले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रमा बिकल्प दिएर मात्रै पार्किङ निषेध गर्न सुझाव दिएका छन्। न्युरोड क्षेत्रमा आउने ग्राहकहरुलाई काठमाडौ टावरमा पार्किङ गरेर आउदा निकै टाढा पर्ने र जसका कारण व्यवसायमा नै असर पर्ने उनीहरुको भनाइ छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले महानगरको निर्णयले व्यवसाय बिग्रने भएकाले पूर्वाधार निर्माण गरेर मात्रै बिकल्प दिनुपर्ने बताए।

त्यस्तै व्यवसायीहरुले व्यापार घाटा र आफुहरुको समस्याको जिम्मा अव महानगरले लिनुपर्ने बताएका थिए। पार्किङ निषेध गर्ने निर्णय महानगरले सच्चाउनुपर्ने उनीहरुको माग छ।

काठमाडौं महानगरले न्युरोड, महाबौद्ध, खिचापोखरीलगायत क्षेत्रको कालोपत्रे सडकमा मंगलबारदेखि पार्किङ निषेध गरेको थियो। महानगरले सो क्षेत्रको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइने जनाएको छ। 

प्रकाशित मिति: १३:५३ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्