Kathmandu Press

ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई रु. दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। 
ललितपुर नापी कार्यालयका नापी सर्वेक्षकसहित तीन पक्राउ

पाटन, माघ १० : ललितपुर नापी कार्यालयका नापी सर्वेक्षक रामवीर यादवसहित तीनजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। 

जग्गा कित्ताकाट गरी जग्गाधनी प्रमाण पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घूस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनीसहित लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई मंगलबार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले तीनैजनालाई रु. दुई लाख ५० हजार घूससहित पक्राउ गरिएको पुष्टि गर्दै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी दिए। 

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, माघ १०, २०८०