ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
थिङ बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको बताइइकाे छ।
सिन्धुली, माघ १० : सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भिमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो।
सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भिमानतर्फ जाँदै गरेको उक्त ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको बा ५८ प ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट बा ५८ प ९१४१ नम्बरमा सवार रौतहटको गुजरा नगरपालिका-२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ मोटरसाइकलका चालक मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका ६३ वर्षीय विष्णुबहाजुर थिङ घाइते भएका थिए।
थिङ बलात्कार र बेपत्ता पारेको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडितको बुबाको बताइइकाे छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: ११:२४ बजे, बुधबार, माघ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












