Kathmandu Press

यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दै 

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो।
यू–१९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दै 

काठमाडौं, माघ १० : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले आज  दोस्रो खेल खेल्दैछ। दोस्रो खेलमा नेपालले पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समयानुसार बुधबार दिउँसो १ः४५ बजे सुरु हुनेछ।  

यू–१९ विश्वकपको पहिलो खेलमा नेपाल न्यूजिल्याण्डसँग ६४ रनले पराजित भएको थियो। पाकिस्तानले भने अफगानिस्तानविरुद्ध १८१ रनको जित निकालेको थियो। पाकिस्तान नेपालविरुद्ध पनि जित निकालेर समूहको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा छ। नेपाल बलियो टोली पाकिस्तानलाई हराएर विश्वकपमा पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। 

नेपालले पाकिस्तानपछि लिगको अन्तिम खेल अफगानिस्तानसँग शुक्रबार खेल्नेछ। यू–१९ विश्वकपमा यसपटक टोलीलाई ग्रुप ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ समूहमा विभाजन गरिएको छ। 

हरेक समूहमा ४–४ टोली रहेकोमा समूहको शीर्ष ३ टोली सुपर ६ मा पुग्नेछन्। त्यसपछि समूह ‘ए’ का टोलीले समूह ‘डी’ तथा समूह ‘बी’ र समूह ‘सी’ को टोलीले एक अर्कासँग खेल्नेछन्। सुपर सिक्सको २ समूहको शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहमा पुछारका टोलीले पनि स्थान निर्धारणका लागि खेल्नेछन्।

प्रकाशित मिति: ०८:४३ बजे, बुधबार, माघ १०, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्